नेभिगेशन
सुरक्षा अपडेट

ट्रकको ठक्करबाट गम्भीर घाइते २६ वर्षीया महिलाको मृत्यु

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१४ बल्खु क्षेत्रमा ट्रक र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार नुवाकोटकी २६ वर्षीया रोशिका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी रोशिकालाई उपचारका लागि वयोदा अस्पताल बल्खु लगिएकोमा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  आज बिहान ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको हाल वयोदा अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्