नेभिगेशन
नेपाल प्रहरी

८ सय किलो गाँजासहितको पिकअप र चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ८ सय किलो बढी गाँजासहितको पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्राम सहित राजबिराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम कुमार यादवलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक राम कुमारलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्