नेभिगेशन
नेपाल प्रहरी

केपीको हत्या आरोपमा ३२ वर्षीय अर्जुन प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले हत्या आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार वीरगंज महानगरपालिका-१३ राधेमाई बस्ने ६५ वर्षीय केपी चन्द राउत बरईको हत्या गरेको आरोपमा सोही महानगरपलिका-२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

वादविवादको क्रममा अर्जुनले कुटपिट गर्दा गम्भीर घाइते भएका केपी चन्दको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्