नेभिगेशन
नेपाल प्रहरी

६० वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ६१ वर्षीय दिप बहादुर पक्राउ

काठमाडौं । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्