नेभिगेशन
नेपाल प्रहरी

३७ वर्षीया श्रीमतीको हत्या आरोपमा ४२ वर्षीय श्रीमान् पक्राउ

काठमाडौं । आफ्नो श्रीमतीको हत्या आरोपमा प्रहरीले ४२ वर्षीय श्रीमानलाई पक्राउ गरेको छ।

३७ वर्षीया श्रीमती अनिता देवी सदाको हत्या आरोपमा प्रहरीले महोत्तरीको भंगाहा नगरपालिका-९ हरिहरपुर बस्दै आएका औराही नगरपालिका-२ चेपकट घर भएका ४२ वर्षीय बिरेन्द्र सदालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका बिरेन्द्रसँग घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्