नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अनिल पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका-७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

अनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करणीको आरोपमा शनिबार राति पक्राउ परेका अनिलसँग उदय्घप्रहरीले टनाबारे थप आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्