नेभिगेशन
नेपाल प्रहरी

४० वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४० वर्षीय राजु प्रहरीको नियन्त्रणमा

काठमाडौं । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयक  अनुसार पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिक रहेका छन् ।

राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्