काठमाडौं । लुम्बिनी प्रदेशस्थित कपिलवस्तुसहित देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा साथ जनाको मृत्यु भएको छ
प्रहरीका अनुसार कपिलवस्तुमा सवारी दुर्घटनाआ दुई जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिका–९, जगदिशपुर ताल नजिकै लु२ख ६४५५ नम्बरको टिपरको ठक्करबाट ९ वर्षीया आषिका खत्रीको मृत्यु भएको छ। उनको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा मृत्यु हुँदा अर्को दुर्घटनामा कपिलवस्तुकै कृष्णनगरनगरपालिका–१, साली हलचोक नजिक रा१ख २१४२ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार ४२ वर्षीय डिल्लीराम थारूको मृत्यु भएको छ। घाइते अवस्थामा उपचारका लागि लगिएका उनको अस्पतालमै मृत्यु भएको थियो। प्रहरीले दुबै घटनाका बस चालकलाई पक्राउ गरेको छ।
यसैगरि,काठमाडौं महानगरपालिका–१५, ठूलो भर्याङमा प्र.२-०१-००६ ख नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीय खेमबहादुर महतको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते महतको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा स्कुटर अर्को ट्रकमा समेत ठोक्किएको थियो भने चालक घाइते छन्। टिपर र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको बुटवल–९, ईटाभट्टी क्षेत्रमा बा.प्र.०३-००१ ज १२२९ नम्बरको हाइस र रा.१.ह. नम्बरको ई–रिक्सा ठोक्किँदा ३२ वर्षीय ई–रिक्सा चालक गोबिन्द बिकको मृत्युु भएको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। हाइस चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।
यसैगरि, संखुवासभाको पाँचखपन नगरपालिका–४, खानीगाउँमा प्र.१- ०२-००३ त ३८६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २१ वर्षीय रोसन श्रेष्ठको आज घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा ग.१त १५२३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा १४ वर्षीय शिवबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते चालकको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै धादिङको गल्छी गाउँपालिका–४, मास्टरमा ना५ख १५९२ नम्बरको ट्याङ्कर र प्रदेश ०३-०२-०१३ प ३९६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ४० वर्षीय चन्दन रौनियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते उनलाई ललितपुर अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचार जारी छ भने ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित प्रहरीले कार्यालय घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।