नेभिगेशन
सुरक्षा अपडेट

दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार करिब १५ र १७ वर्षीया दुई बहिनीको शव आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।

मृतकहरू रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्थानीय बासिन्दाले सर्लाहीको गोडैता नगरपालिका–५ स्थित रामवनमा  आँपको रुखमा झुन्डिएको अवस्थामा दुवै किशोरीलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्