नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्रोत नखुलेको झण्डै पौने ७ लाख रुपैयाँसहित प्रहरीले फुई जनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको  ६ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका हुन्  ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्