नेभिगेशन
नेपाल प्रहरी

प्रधानमन्त्री बालेन लगायतका नेतालाई गाली गरेर भिडिओ बनाउने युट्युबर पक्राउ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूमाथि गालीगलौज र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई नियन्त्रणमा लिएको हो। प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अगाडि बढाएको पाँचथरका डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।

प्रहरीका अनुसार साइबर ब्युरोको अनुसन्धानको आधारमा उनलाई पक्राउ गरिएको हो। ‘hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीमा बालेन्द्र शाह लगायतका नेताहरूमाथि अपमानजनक टिप्पणी गरिएको आरोप छ।

गत शुक्रबार पक्राउ परेका पोखरेलविरुद्ध प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा आपत्तिजनक सामग्री प्रसारण गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्