नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय प्रिन्स खाँ थारु पक्राउ

काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १९ वर्षीय  युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारू रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार  उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पीडित बालिकामाथि जबरजस्ती करणी भएको भन्ने जानकारीपछि तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्