नेभिगेशन
सुरक्षा अपडेट

यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बसले अर्को सवारीलाई उछिन्ने प्रयास गर्दा नियन्त्रण गुमाएर सडकमा पल्टिएको बताइएको छ।

बसमा ३३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित १७ जना घाइते भएका हुन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्