नेभिगेशन
सुरक्षा अपडेट

५ युवक नदीमा भएका थिए बेपत्ता, दुईको शव भेटियो, ३ जना सकुशल

काठमाडौं ।  नदीमा बेपत्ता भएका पाँच युवामध्ये दुई जनाको शव फेला परेको छ भने बाँकी तीन जना सकुशल उद्धार भएका छन्।

शनिबार दिउँसो करिब ४ बजे रौतहट–सिन्धुली सीमास्थित झपसी झोलुङ्गे पुल नजिकैबाट नदी पार गर्ने क्रममा उनीहरू सर्लाहीस्थित बागमती नदीमा बेपत्ता भएका थिए।

घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुरका २० वर्षीय गणेश महतो र १८ वर्षीय रोहित महतोको ज्यान गएको पुष्टि भएको छ। प्रहरीका अनुसार रोहितको शव आइतबार बागमती नगरपालिका–११ स्थित पुल आसपासबाट फेला परेको हो भने गणेशको शव पनि सोही दिन दिउँसो करिब साढे १ बजे नदीको ड्याम क्षेत्रमा भेटिएको हो।

यस्तै, बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल फेला परेका छन्।

प्रहरीका अनुसार उनीहरू बिना जानकारी झपसी झोलुङ्गे पुल पुगेका थिए र त्यहाँबाट नदी तर्ने प्रयास गर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्