नेभिगेशन
नेपाल प्रहरी

किन पक्राउ परे सेफ सन्तोष साह ?

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । उनलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको हो। बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा साहलाई जनकपुरबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सेफ साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार उनीविरुद्ध दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक विवादका क्रममा शाहमाथि बैंकिङ कसुर र ठगीको आरोप लागेको हो। उजुरीकर्ताले रेष्टुरेन्ट खरिदबापतको करिब एक करोड ३० लाख रुपैयाँमध्ये केही रकम भुक्तानी नगरेको दाबी गरेका छन्।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा साहका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्