नेभिगेशन
नेपाल प्रहरी

युवकको मञ्जुरीबिनै मन्दिरमा जबरजस्ती बिवाहा गराएको आरोपमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं । एक युवकको इच्छा र मञ्जुरीबिना नै जबरजस्ती विवाह गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–९ का २४ वर्षीय मनोज ठाकुरलाई उक्त आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले दिएको जानकारीअनुसार २०८२ साल साउन ३१ गते सुरुङ्गा–९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय परिसरभित्र रहेको सरस्वती मन्दिरमा नागेन्द्र यादवलाई उनकी इच्छा तथा सहमतिविना सुरुङ्गा–१० की २२ वर्षीया प्रियंका कुमारी यादवसँग विवाह गराइएको थियो।

घटनापछि फरार रहेका ठाकुरलाई खोजी गर्ने क्रममा सुरुङ्गा–९ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित नागेन्द्र यादवले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट बुधबार म्याद थप अनुमति लिइएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्