नेभिगेशन
सुरक्षा अपडेट

डडेल्धुरामा बोलेरो जिप ४ सय मिटर तल खस्यो:: दुई जनाको मृत्यु, तीन घाइते

डडेल्धुरा। सडकदेखि ४ सय मिटर तल खसेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुँदा चालकसहित तीन जना घाइते भएका छन् । 

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा आज बिहान २ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको  बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको हो।  

त्यस्तै दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीया सरस्वती लोथ्याल तथा बैतडीको डिलासैनी गाउँपालिका–२ का जिप चालक अमृत घरेडी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यता प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु जनाउँदै हालसम्म दुर्घटनाको कारण अझै खुल्न नसकेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्