नेभिगेशन
नेपाल प्रहरी

घरायसी विवादमा खुकुरी प्रहारबाट श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौं ।  घरायसी विवादका क्रममा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा बस्दै आएका चैनपुर नगरपालिका–७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलको हत्या गरेको आरोपमा  पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवाद चर्किएपछि अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे, मादीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्