नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय पक्राउ

काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ सीसौबारी टोलका २३ वर्षीय प्रतिक राईलाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पीडित बालिकाको उजुरीका आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ  गरेको हो। 

घटनाका सम्बन्धमा पक्राउ परेका राईविरुद्ध आज मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्