नेभिगेशन
सुरक्षा अपडेट

धनुषाको रघुनाथपुरमा धारिलो हतियार प्रहारबाट ४५ वर्षीय बन्ठुको हत्या

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक पुरुषको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।

प्रहरीका अनुसार धनुषाको हँसपुर नगरपालिका–३ मलहनियाका करिब ४५ वर्षीय बन्ठु राउतको धारिलो हतियार प्रहारबाट हत्या भएको हो। उनी पछिल्लो समय रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।

घटना गएराति भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम अघि बढाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्