नेभिगेशन
सुरक्षा अपडेट

तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं ।  तीन जना सवार मोटरसाइकल सडक छेउमा बिग्रिएर बनाउँदै गरेको मिनी ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कपिलवस्तुमा भएको दुर्घटनामा मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका- ३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार रहेका छन्। गम्भीर घाइते भएका कहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११ः१३ बजे मृत्यु भएको घोषणा गरेका हुन्।

सोही मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका-७ पिपरहवाका ३२ वर्षीय शेषराम पासी र २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।

कपिलवस्तु नगरपालिका-७ धरमपनियास्थित तौलिहवा-भैरहवा सडकखण्डमा बिग्रिएर सडक छेउमा बनाउँदै गरेको ना६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्