नेभिगेशन
सुरक्षा अपडेट

खोल्सामा मुडा हटाउन गएका ५५ वर्षीय कृष्णबहादुरको बाढीले बगाएर मृत्यु

काठमाडौं । घरनजिकैको खोल्सामा काठको मुडा हटाउन गएका एक पुरुषलाई बाढीले बगाउँदा मृत्यु भएको छ।

प्रहरीका अनुसार  नवलपुरस्थित हुप्सेकोट गाउँपालिका–४ झ्यालबासका ५५ वर्षीय कृष्णबहादुर झेंडी मगरको बाढीमा परी मृत्यु भएको हो।

गए राति ढोङढोङे खोल्सामा काठको मुडा हटाउन गएका मगर लामो समयसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी थालेका थिए। खोजीका क्रममा हुप्सेकोट–४ कै गिरुवारी खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार खोल्सामा आएको बाढीले बगाएपछि उनको मृत्यु भएको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्