नेभिगेशन
सुरक्षा अपडेट

राप्ती नदीमा बगेकी नरैनापुरकी ६५ वर्षीया महिलाको सकुशल उद्धार

नरैनापुर। बाँकेको नरैनापुर गाउँपालिका–६ चौविस विघाकी ६५ वर्षीया सेषरानी यादवको राप्ती नदीबाट सकुशल उद्धार गरिएको छ।

स्थानीयवासीले शनिबार दिउँसो यादवलाई राप्ती नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। दिउँसो करिब १२ः३० बजे सूचना प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाको कमाण्डमा १३ जना प्रहरी र सशस्त्र प्रहरी बल बीओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालको कमाण्डमा खटिएको ९ जनाको संयुक्त टोली तथा स्थानीयवासीको सहयोगमा यादवको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ।

उद्धार गरिएकी यादवको स्वास्थ्य अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्