नेभिगेशन
सुरक्षा विशेष

गृहसचिव राजकुमार श्रेष्ठको सरुवा , केदारनाथ शर्मालाई गृहको जिम्मेवारी

काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

यसअघि गृह मन्त्रालयको सचिव रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पठाइएको छ। श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने तयारीमा छन्।

अवकाशको केही दिनअघि सरकारले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर जगेडामा राखेको हो। उनको स्थानमा शर्मालाई गृह सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ। शर्माले अब गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्