नेभिगेशन
सुरक्षा विशेष

भोटेकोशी बाढीपीडितका लागि नेपालगन्ज न्यूरो हस्पिटलको सवा लाख बढी रकम सहयोग

नेपालगन्ज । नेपालगन्जस्थित नेपालगन्ज न्यूरो हस्पिटलले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ।

हस्पिटलले १ लाख १६ हजार ५ सय १३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको हो। बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहतमा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हस्पिटलले आफ्नो फेसबुकमार्फत  जानकारी दिएको छ।

बाढीका कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ।

हस्पिटलले विपद्का बेला सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने अभियानमा सहकार्य गर्न आग्रहसमेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्