नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढी कहर: सोमबार रातिसम्म ९३९ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ९३९ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म देशका विभिन्न स्थानबाट ९३९ जनाको शव फेला परेको हो ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै चितवनमा २७९ शव फेला परेका छन् । त्यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।

बाढी तथा पहिरोमा परेर अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, विपद्का घटनामा परी हालसम्म २७९ जना घाइते भएका छन् । तीमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्