नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढी अपडेट: मृतकको संख्या ११ सय २७ पुग्यो, ४ हजार ८ सय अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहान ५ बजेसम्म विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचान हुन नसकेका ९ सय ११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ प्रहरी परिचालन गरिएको छ। हालसम्म ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।यस्तै, बाढीपछि बेपत्ता रहेका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्