नेभिगेशन
सुरक्षा विशेष

बाढीमा बेपत्ता भएका छोरा खोज्न रसुवा जाने गाडी भाडासमेत नभएका बुवालाई वडाले दियो १५ हजार

उरहरी (दाङ) भोटेकोशी बाढीमा परि बेपत्ता छोरा खोज्न जाने गाडी भाडासमेत नभएको बिवरण पेश गरेपछि वडा कार्यालयले एक जना अभिभावकलाई आर्थिक सहायता गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ११ घर भइ रसुवा र चिनको सीमानामा क्षेत्रमा जेसिबी चलाउने अपरेटर ३३ बर्षीय जनक शाह ठकुरी हालसम्म फेला पर्न सकेका छैनन् । यो बीचमा बेपत्ता भएका जनकका बुवा हरिबहादुर शाहले आँफुसंग छोरा खोज्न जानका लागि गाडी भाडासमेत नरहेको भन्दै वडा कार्यालयमा आर्थिक सहयोग माग गर्दै निवेदन दिएका थिए ।

सोही निबेदनका आधारमा हरिबहादुरलाई गाडी भाडा बाफत १५ हजार रुपैंयाँ प्रदान गरिएको वडाध्यक्ष मानबहादुर रावतले बताए ।
वडाले उपलब्ध गराएको १५ हजार रुपैयाँ सहयोग पाएपछि हरिबहादुर बेपत्ता छोरा जनकको खोजीका लागि रसुवा तर्फ लागेको वडाध्यक्ष रावलते जानकारी दिए ।

वडाध्यक्ष रावतले यसअघि नै बाढी पीडितको उद्धार तथा साहेताका लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ब्यक्तिगत रुपमा ११ हजार आर्थिक सहयोग प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्