नेभिगेशन
सुरक्षा अपडेट

लाङटाङ खोला आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि आज म्यानहोलबाट पस्ने तयारी

काठमाडौं । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धारका लागि उद्धार टोलीले आज वैकल्पिक बाटोबाट सुरुङभित्र प्रवेश गर्ने तयारी गरेको छ।

मुख्य सुरुङ ढुंगा, माटो र लेदोले अवरुद्ध भएपछि उद्धारमा कठिनाइ भएको थियो। त्यसपछि प्राविधिक टोलीले पेनस्टक पाइपबाट करिब १५० मिटर माथिसम्म पुगेर मानिस प्रवेश गर्न मिल्ने ‘म्यानहोल’ तयार गरेको हो।

बुधबार ठूलो वर्षाका कारण जोखिम बढेपछि उक्त मार्गबाट तत्काल सुरुङभित्र प्रवेश गर्न नसकिएको आयोजनाले जनाएको छ। मौसम र सुरक्षा अवस्था अनुकूल भए आज बिहान म्यानहोल हुँदै सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार अघि बढाउने तयारी रहेको बताइएको छ।

२० मेगावाट क्षमताको आयोजनामा कार्यरत २५ जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङभित्र फसेको आशंकामा नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले खोजी गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्