नेभिगेशन
सुरक्षा अपडेट

लाङटाङ खोला हाइड्रोको सुरुङबाट दुई जनाको शव निकालियो

काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुई जनाको शव निकालिएको छ । नेपाली सेनाको उद्धार टोलीले सुरुङमा पहुँच मार्ग निर्माण गरी बुधबार साँझ ती शव बाहिर निकालेको हो ।

उद्धार तथा खोजी कार्यमा समन्वय गरिरहेका एक सैनिक अधिकृतका अनुसार सुरुङबाट निकालिएका शव नुवाकोट ल्याइएको छ ।

आयोजनाको सुरुङभित्र बेपत्ता भएकाको खोजीका लागि नेपाली सेनासहित विदेशी उद्धारकर्मीसमेत गरी २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । टोली सुरुङभित्र करिब १५० मिटर दूरीसम्म प्रवेश गरिसकेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल सुरुङका दुई छुट्टाछुट्टै स्थानमा प्वाल बनाएर थप खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्