नेभिगेशन
नेपाल प्रहरी

बाँकेको डुडुवा र कोहलपुरबाट लागूऔषध सहित ८ जना पक्राउ

बाँके । बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  डुडुवा गाउँपालिका–४ फुटाहाबाट १ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका ५८ वर्षीय जिलेदार खानलाई प्रहरीले पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

जिलेदारमाथि अनुसन्धान गर्ने क्रममा उक्त पदार्थ सोही ठाउँका ४५ वर्षीय सगिर खानबाट खरिद गरेको खुलेपछि प्रहरीले सगिरलाई समेत पक्राउ गरेको थियो ।

यसैगरी, कोहलपुर नगरपालिका–११ लोकनगर गन्धर्भ बस्तीबाट ५५० मिलिग्राम ब्राउन सुगरनसहित २१ वर्षीय पवन गन्धर्बसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बुधबार दिउँसो डुडुवाबाट २ जना र गएराति कोहलपुरबाट पक्राउ परेका ६ जनाविरुद्ध  थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्