नेभिगेशन
नेपाल प्रहरी

दाङका सामुदायिक वनबाट लुकाइएका १० नाल बन्दुक बरामद

दाङ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ।

शुक्रबार बिहान ५ः३० बजेदेखि ८ बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा ती बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बबई गाउँपालिका–४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका–३ स्थित जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक बरामद गरिएको हो।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्