नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढीमा मृत्युको भयावह आँकडा- १३ सय ४४ शव फेला:नेपाल प्रहरी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ ।शनिबार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार रसुवामा १ सय ६०, नुवाकोटमा १ सय ९२, धादिङमा ६७, चितवनमा ३ सय ६०, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय ३० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि मृतक तथा आफन्तबाट डीएनए नमुना संकलन गर्ने लगायतका प्रक्रिया अघि बढाइएको छ । हालसम्म मृतकका १ हजार २ सय ६० र आफन्तका ९ सय ७२ गरी कुल २ हजार २ सय ३२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरिएका शवमध्ये हालसम्म १ हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमा २ सय ६२ महिला, )४ सय८१ पुरुष र५ सय १ जनाको लिङ्ग पहिचान खुल्न नसकेको विवरण छ।

यसैबीच पहिचान हुन नसकेका १ हजार २ सय ७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।

बाढीपछि अझै ४ हजार ८ सय ९८ जना बेपत्ता रहेको जनाइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ६ सय ५५ जना व्यक्तिलाई राखिएको विवरण सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्