नेभिगेशन
नेपाल प्रहरी

कारको डिकीमा भेटियो १ क्विन्टलबढी गाँजा, २१ वर्षीय चालक पक्राउ

काठमाडौं । प्रहरीले कारको डिकीमा लुकाएर लैजाँदै गरेको १  क्विन्टलबढी गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का कार चालक साजन चेपाङ रहेको प्रहरीले जनाएको छ।

पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा शुक्रबार राति प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारबाट १ क्विन्टल १४ किलो  २५  ग्राम   गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले कार रोकेर जाँच गर्दा पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधिएका १२ वटा पोका भेटिएका थिए। ती पोकामा प्लास्टिकसहित ११४ किलो २५ ग्राम गाँजा रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजासहित कार नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्