नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा तीन जना ब्राउन सुगरसहित पक्राउ, मोटरसाइकल प्रहरीको नियन्त्रणमा

बाँके । नेपालगन्जको गंगापुर क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका–१३ स्थित गंगापुरबाट  पक्राउ पर्नेमा खजुरा गाउँपालिका–१ सैनिकका २६ वर्षीय रस्मित थापा, बर्दियाको बढैयाताल गाउँपालिका–८ शितलाबजारका २९ वर्षीय पबन उपाध्याय र सोही गाउँपालिका–९ मैनापोखरका २७ वर्षीय शिशिर पौडेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको साथबाट ६ सय ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो। उनीहरूलाई तेलियपुर प्रहरी चौकीबाट खटिएको टोलीले उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका थापाले प्रयोग गर्दै आएको भे।५ प २७२५ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको गर्दै घटनाबारे बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्