नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा ३४ वर्षीय युवक पक्राउ

बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाबाट एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का ३४ वर्षीय धनबहादुर चुदारा रहेका छन्। उनीविरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

उजुरीपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले चुदारालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनाबारे शुक्रबार रातिपक्राउ परेका चुदारासंग बर्दिया प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्