नेभिगेशन
नेपाल प्रहरी

क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जस्थित एक क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क होटल परिसरमा सञ्चालनमा रहेको गोल्डेन फिंगर गेमिङ जोनबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज प्रहरी निरीक्षक प्रदीप पौडेल पक्राउ परेका हुन्।

पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार उनीहरू क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरी निरीक्षक पौडेल आफ्नो कार्यक्षेत्र छाडेर वीरगन्ज पुगेको अवस्थामा क्यासिनोमा भेटिएका थिए।

पक्राउ पर्ने अन्य ६ जना पनि नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गरी जुवा खेल्न कानुनी रूपमा अनुमति नहुने अवस्थामा उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्