नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएर फरार रहेका ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेलीलाई पक्राउ गरिएको हो।

पर्साको छिपहरमाई गाउँपालिका-४ तुलसी वर्वाका ३५ वर्षीय अखिलेशलाई इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरीले सोही गाउँपालिका-४ तुलसी वर्वाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका अखिलेशलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्