नेभिगेशन
नेपाल प्रहरी

गाउँपालिका आगजनी घटनामा स्वास्थ्य शाखाका कर्मचारीसहित दुई जना पक्राउ

हुम्ला। गाउँपालिकाको कार्यालय आगजनी घटनामा प्रहरीले एक जना कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ। 

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा ताँजाकोट गाउँपालिकाकै स्वास्थ्य शाखाका ४५ वर्षीय कर्मचारी धनराज ढकाल र  सोही गाउँपालिका - ४ गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ  ७ गते राति १ बजे वडा नम्बर ३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनाको अनुसन्धानका क्रममा आगलागीमा संलग्न भएको आरोपमा ढकाल र केसीलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुसँग घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्