नेभिगेशन
सुरक्षा विशेष

१२ क्विन्टल बढी गाँजासहितको ट्रक सुरक्षा फौजको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले १२ क्विन्टल बढी गाँजा बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार राति सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोलीले नेपाल प्रहरीसँग संयुक्त प्रयासमा  धनकुटाको सागुरीगढी गाउँपालिका–७, फेदीस्थित कोशी लोकमार्गमा मालबाहक ट्रकको छतमा लुकाई–छिपाई लैजाँदै गरेको १२४०.६ किलो गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो।

बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाइ बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्