नेभिगेशन
नेपाल प्रहरी

गोप्य जुवाखालबाट चार जुवाडे सल्यान प्रहरीको नियन्त्रणमा

सल्यान । सल्यान प्रहरीले गोप्य रूपमा सञ्चालन भएको जुवाखालमा छापा मारेर चार जुवाडेलाई पक्राउ गरेको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ गैरी बजारस्थित ४० वर्षीय प्रेमबहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित  चार जनालाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले जुवाखालबाट ६२ हजार ९ सय ६० रुपैयाँ नगद र २ बुक तास समेत बरामद गरेको छ।

मंगलबार राति पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्