नेभिगेशन
सुरक्षा अपडेट

डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो, नेपालगन्जबाट उडेको थियो जहाज

नेपालगन्ज । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ ।

आज बिहान नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले बताए ।

डीएसपी गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए । यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको गिरीले  बतए । पांग्रामा समस्या आए पनि जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।

जहाज अहिले धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले आवश्यक जाँच गरिरहेको छ । विमानस्थल अहिले पुर्णरुपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्