नेभिगेशन
सशस्त्र प्रहरी

भन्सार छली लुकाइराखेको लाखौं रुपैयाँ बढीको कपडा, खाने तेल र स्प्राइट बरामद

काठमाडौं।  सशस्त्र प्रहरीले भन्सार छली लुकाइराखेको साढे ५ लाख रुपैयाँ बढीको कपडा, खाने तेल र स्प्राइट बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही तथा मातहतका युनिटबाट खटिएको टोलीले विष्णु गाउँपालिका–५ फेनरास्थित एक व्यक्तिको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा भन्सार छली गरी लुकाइराखिएको कपडा, खाने तेल र स्प्राइट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको कुल मूल्य ५ लाख ६२ हजार ६२० रुपैयाँ रहेको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्