नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा एक महिलासहित चार पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक अवसर मिलाइदिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई विभिन्न देशमा रोजगारी लगाइदिने र राम्रो पारिश्रमिक दिलाउने आश्वासन दिएका थिए। रकम लिएपछि लामो समयसम्म पीडितलाई झुलाउने र अन्ततः सम्पर्कविहीन हुने गरेको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो।

पीडितबाट प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुरकी २५ वर्षीया एलिसा अधिकारी, दार्चुलाका २९ वर्षीय हरिस सिंह महरा र बाराका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्