नेभिगेशन
नेपाल प्रहरी

बालुवाटारको ‘कोर टिम’ भन्दै सरकारी कार्यालयमा धम्कीको आतंक, एक जना पक्राउ

काठमाडौँ । सरकारी कार्यालय तथा उच्च पदस्थ व्यक्तिहरूलाई फोन र म्यासेजमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४, कपन बस्दै आएका सीताराम श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार श्रेष्ठले आफूलाई बालुवाटारको कोर टिमको सदस्य तथा ‘जेनजी’ बताउँदै विभिन्न सरकारी कार्यालयमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन तथा सन्देश पठाउने गरेका थिए। यससम्बन्धी सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार उनलाई कपनबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्