नेभिगेशन
नेपाल प्रहरी

ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय  रौतहटले कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई  ज्यान मुद्दामा १६ वर्षपछि पक्राउ गरेको हो। 

रौतहट प्रहरीका अनुसार पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान हुँदै छ।  उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ । 

शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसबेलादेखि जितन फरार थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...