नेभिगेशन
नेपाल प्रहरी

१६ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ, ब्राउन सुगर नै निलेका केशव अस्पताल भर्ना

सुर्खेत । प्रहरीले बोहोरा गाउँबाट  १६ ग्रामबढी   ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्थानीय २५ वर्षीय केशव देवकोटा र  गुठिचौर गाउँपालिका–४ घर भई मामाघरमा बस्दै आएका १७ वर्षीय नवीन न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार देवकोटाको घरको कोठामा प्लास्टिकमा बेरेर पोका पारेर राखिएको ब्राउन सुगर बरामद भएको थियो।  बरामद ब्राउन सुगर  १६ ग्राम ४६० मिलिग्राम रहेको पाइएको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा केशवले ब्राउन सुगर मुखमा हालेर निलेपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको इमर्जेन्सीमा भर्ना गरिएको छ। उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नवीनलाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्