नेभिगेशन
सुरक्षा अपडेट

घरमा भीषण आगलागी हुँदा एक्लै रहेकी ७० वर्षीया महिलाको मृत्यु

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९, बुद्धटोलस्थित भरत थापाको घरमा भीषण आगलागी हुँदा भाडामा बस्दै आएकी एक एकल महिलाको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार, दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको आगलागीमा परी मृत्यु भएको हो। 

आज बिहान करिब साढे ३ बजे घरमा आगलागी भएपछि प्रहरी र स्थानीयले थापा बस्ने कोठाको ढोका फोरेर उद्धार गरेका थिए। 

आगोले गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्