नेभिगेशन
नेपाल प्रहरी

दाङबाट साढे ९ किलो बढी गाँजा, चरेश र ब्राउन सुगरसहित माया देवी र प्रतिभा पक्राउ

दाङ । दाङ प्रहरीले  साढे ९ किलो बढी गाँजा र चरेशसहित ६३ वर्षीया महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउपालिका-१ थवाङ घर भई हाल घोराही उप-महानगरपालिका-१४ मिलन चोक बस्ने बर्ष ६३ की माया देवी बिक रहेकी छिन् ।

लागुऔषधको कारोबार भरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माया देवीको कोठा खानतलासी गर्ने क्रममा प्लास्टिकका पोकामा प्याक गरेर राखिएको  ९ किलो ८२० ग्राम गाँजा र सोही कोठाको भुईमा सेतो रङको प्लाष्टिकमा राखिएको ५३ ग्राम चरेश बरामद गरेको हो।

त्यसैगरी आज दिउँसो तुलसीपुर उपमहानगरपालिका- ७ शिवनगरबाट २ सय ६० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले  २१ वर्षीया युवतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर-४ घोरनेटीकी बर्ष २१ की प्रतिभा विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

जेठ १८ गते पक्राउ परेकी माया देवी र आज ब्राउन सुगरसहित पक्राउ परेकी प्रतिभासँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्