नेभिगेशन
नेपाल प्रहरी

क्रोएसिया पठाउने भन्दै १९ लाख रुपैयाँ ठग्ने ३५ वर्षीया मेनुका पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारेर क्रोएसिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी रहेकी छिन् ।

मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

मेनुकालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्